प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा
प्युठान : ऐरावती गाउँपालिका–४ धुवाङ स्वास्थ्यचौकीमा टेलिमेडिसिन सेवा प्रभावकारी बनेको छ। सेवा गत कात्तिकको पहिलो हप्ता शुरु भएको हो।
यो साता स्वास्थ्य टेलिमेडिसिन स्वास्थ्य सेवा कार्यक्रममा २५ बिरामीले स्वास्थ्य सेवा लिएका छन्। ऐरावती गाउँपालिकाका विभिन्न वडा र छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकलाई स्वास्थ्य सेवा दिइएको हो।
मानसिक रोगका २५ बिरामीलाई प्रत्यक्ष भिडियोमार्फत परामर्श दिनुका साथै रोगको पहिचान गरेर औषधि दिने गरिएको स्वास्थ्यचौकीका इन्चार्ज बालगोपाल श्रेष्ठले बताए। हाल माल्दिभ्सको मानसिक अस्पतालमा कार्यरत डा. कञ्चन दाहालले बिरामीको भिडियोमार्फत स्वास्थ्य सेवा प्रदान गरेकोे इन्चार्ज श्रेष्ठले बताए।
जिल्लाका सात स्वास्थ्य संस्थामा यो कार्यक्रम सञ्चालनमा छ । बरौला स्वास्थ्य संस्थाले हाल धुवाङबाट सञ्चालन गरेको स्वास्थ्य सेवा नियमित र प्रभावकारी बनेको श्रेष्ठले बताए। उनका अनुसार बिरामी पूर्णरूपमा निको भएको र यस्तो सेवा आफ्नै घरदैलोमा पाउँदा बिरामी पनि खुशी भएका छन्। विभिन्न समस्या भएका र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई यो सेवाले समेटेको स्वास्थ्यचौकीका इन्चार्ज श्रेष्ठले बताए। यो सेवाले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुँदै गएको उनको भनाइ छ।
प्रविधिको प्रयोगले विशेषज्ञ सेवा दूरदराजका बस्तीमा पुग्नुले प्रविधिको सही प्रयोग भएको आभास भएको इन्चार्ज श्रेष्ठले बताए। यही सातादेखि स्वास्थ्यचौकीमा आफ्नै पहलमा ल्याब सेवासमेत प्रदान गर्ने उनले बताए। एएसके फाउन्डेसनले नेपालका विभिन्न क्षेत्रमा यो सेवा सञ्चालन गरेको फाउन्डेससनका मेडिकल कोअर्डिनेटर डा. सरोज केसीले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण