Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

राष्ट्रिय दादुरा-रुवेला खोप अभियान सुरु

राष्ट्रिय दादुरा-रुवेला खोप अभियान सुरु

काठमाडौं: सरकारले पाँचौ राष्ट्रिय दादुरा रुवेला खोप अभियान शुरु गरेको छ । पहिलो चरणको अभियान काठमाडौंमा विशेष कार्यक्रम गरी आजैबाट शुरु भएको घोषणा गरिएको हो ।

पहिलो चरणमा फागुन महिना भर तीनवटा प्रदेश १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ जना बालबालिकालाई दादुरा रुवेला खोप दिइँदैछ ।

खोप अभियानको दोस्रो चरण भने आगामी चैत महिनामा शुरु हुनेछ । दोस्रो चरणमा बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ जना बालबालिकालाई यो खोप दिइने तयारी रहेको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए ।

यसपटकको अभियानमा दादुरा रुबेला खोप ९ महिना देखि ५ बर्षसम्मका ३० लाख बालबालिकालाई दिने लक्ष्य सरकारले लिएको छ । बालबालिकालाई खोपसँगै पोलियो थोपा पनि खुवाइने छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि