स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा ज्ञवालीको पदवहाली
काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीले आज पदबहाली गरेका छन्। पदबहालीकै क्रममा सदस्य सचिव डा ज्ञवालीले अनुसन्धान परिषदका सदस्यका रुपमा यसअघि नै काम गरिसकेकाले आफना लागि यो नौलो ठाउँ नभएको जिकीर गरे ।
उनले परिषद स्वास्थ्य अनुसन्धानका लागि निकै महत्पूर्ण थलो भएकाले यसको संस्थागत विकासमा आफू लाग्ने बताए । उनले भने, ‘परिषद भनेको स्वास्थ्य क्षेत्रको प्रवत्ता नै हो । यहींबाट गरिएका अध्ययन अनुसन्धानका आधारमा स्वास्थ्यका नीति तथा कार्यक्रम बन्ने गर्छन । त्यसैले यसको महत्व नै बेग्लै छ ।’
डा ज्ञवालीले अहिले नै यो गर्ने भनेर वाचा दिने भन्दा पनि परिषदको विकास र सुधारका लागि ४ वर्षे गुरु योजना नै बनाएर अघि बढ्ने बताए । उनले आफनो नियुक्ति राजनैतिक भए पनि आफूले त्यो भन्दा माथि उठेर व्यावसायिक र संस्थागत रुपमा काम गर्ने प्रतिवद्धता पनि ब्यक्त गरे ।
परिषदका अध्यक्ष डा अन्जनी कुमार झा र उपाध्यक्ष डा भोजराज अधिकारीले डा ज्ञवालीलाई स्वागत गरेका थिए । परिषदमा एक वर्षदेखि सदस्य सचिवको पद रित्त थियो ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण