Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा ज्ञवालीको पदवहाली

स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा ज्ञवालीको पदवहाली

काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीले आज पदबहाली गरेका छन्।  पदबहालीकै क्रममा सदस्य सचिव डा ज्ञवालीले अनुसन्धान परिषदका सदस्यका रुपमा यसअघि नै काम गरिसकेकाले आफना लागि यो नौलो ठाउँ नभएको जिकीर गरे ।

उनले परिषद स्वास्थ्य अनुसन्धानका लागि निकै महत्पूर्ण थलो भएकाले यसको संस्थागत विकासमा आफू लाग्ने बताए । उनले भने, ‘परिषद भनेको स्वास्थ्य क्षेत्रको प्रवत्ता नै हो । यहींबाट गरिएका अध्ययन अनुसन्धानका आधारमा स्वास्थ्यका नीति तथा कार्यक्रम बन्ने गर्छन । त्यसैले यसको महत्व नै बेग्लै छ ।’

डा ज्ञवालीले अहिले नै यो  गर्ने भनेर वाचा दिने भन्दा पनि परिषदको विकास र सुधारका लागि ४ वर्षे गुरु योजना नै बनाएर अघि बढ्ने बताए । उनले आफनो नियुक्ति राजनैतिक भए पनि आफूले त्यो भन्दा माथि उठेर व्यावसायिक र संस्थागत रुपमा काम गर्ने प्रतिवद्धता पनि ब्यक्त गरे ।

परिषदका अध्यक्ष डा अन्जनी कुमार झा र उपाध्यक्ष डा भोजराज अधिकारीले डा ज्ञवालीलाई स्वागत गरेका थिए । परिषदमा एक वर्षदेखि सदस्य सचिवको पद रित्त थियो ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि