हुम्लाका विद्यार्थीले निःशुल्क जँचाए दाँत
हुम्ला : जिल्ला सदरमुकाम सिमकोटमा रहेको कैलाश बोधी स्कूलका विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरिएको छ। कोहलपुर डेन्टल अस्पतालले कैलाश बोधी स्कुलका विद्यार्थीको निःशुल्क दन्तपरीक्षण गरेको हाे।
करिब २०० विद्यार्थीकोदन्त परीक्षण गरेको कैलाश बोधी स्कूलका प्रिन्सिपल छवाङ लामाले बताए। चिकित्सकले विद्यार्थीको दाँत जाँच गर्नुका साथै आवश्यक परामर्शसमेत दिएको लामाले जानकारी दिए।
परीक्षणकाक्रममा अधिकांश विद्यार्थीमा पानीका कारणले दाँतमा असर पुगेको पाइएकाे शिविरमा खटिएका चिकित्सक गजेन्द्रविक्रम शाहले बताए। क्याल्सियमको कमीले विद्यार्थीको दाँत कालो देखिएको उनकाे भनाइ छ।
प्रतीकात्मक तस्विर





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा