Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हुम्लाका विद्यार्थीले निःशुल्क जँचाए दाँत

हुम्लाका विद्यार्थीले निःशुल्क जँचाए दाँत

हुम्ला : जिल्ला सदरमुकाम सिमकोटमा रहेको कैलाश बोधी स्कूलका विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरिएको छ। कोहलपुर डेन्टल अस्पतालले कैलाश बोधी स्कुलका विद्यार्थीको निःशुल्क दन्तपरीक्षण गरेको हाे।

करिब २०० विद्यार्थीकोदन्त परीक्षण गरेको कैलाश बोधी स्कूलका प्रिन्सिपल छवाङ लामाले बताए। चिकित्सकले  विद्यार्थीको दाँत जाँच गर्नुका साथै  आवश्यक परामर्शसमेत दिएको लामाले जानकारी दिए।

परीक्षणकाक्रममा अधिकांश विद्यार्थीमा पानीका कारणले दाँतमा असर पुगेको पाइएकाे शिविरमा खटिएका चिकित्सक गजेन्द्रविक्रम शाहले बताए। क्याल्सियमको कमीले विद्यार्थीको दाँत कालो देखिएको उनकाे भनाइ छ।

प्रतीकात्मक तस्विर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि