Health TV Online
Health TV Online

उदयपुरमा आजदेखि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप

उदयपुरमा आजदेखि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप

उदयपुर : जिल्लामा जिल्लाको साढे ३३ हजार बालबालिकालाई दादुरा तथा रुबेला रोगविरुद्धको पहिलो चरणको खोप लगाइँदैछ।

पहिलो चरणको खोप अभियानअन्तर्गत बिहीवारदेखि फागुन ५ गतेसम्म कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकाका खोप कार्यक्रम शुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएपछि फागनु १५ गतेदेखि २० गतेसम्म दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए।

दोस्रो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ।

कार्यक्रमका लागि जिल्लामा ४९० खोप केन्द्र, ५५१ स्वास्थ्यकर्मी र ९३७ स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ। प्रदेश १ का जिल्लामा सन् २०१९ मा ५३१ बालबालिकामा दादुरा तथा रुबेला रोग देखापरेको थियो। उदयपुरमा  दुई बालबालिकामा मात्र यो रोग देखापरेको स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए।

प्रदेश १ का १४ जिल्लामध्ये उदयपुरमा दादुरा तथा रुबेलाको प्रभाव ज्यादै न्यून रहेको भए पनि सबै पाँच वर्षमुनिका सबै बालबालिकामा यो खोप प्रयोग गर्न लागिएको पनि स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार