कोरोना भाइरस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्छ : डब्लूएचओ
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा देखिएको कोरोना भाइरस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएको छ।
जेनेभामा भएको एउटा सम्मेलनमा बोल्दै टेड्रोस एड्हानोम गेहब्रेयससले व्यक्ति वा देशैविरुद्ध यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणका लागि गरिएका प्रयासमा असर पार्ने बताए।
‘यो प्रकोप अझै पनि जुनसुकै दिशामा जान सक्छ। संक्रमितको संख्याबारे बताउने देशहरूको सङ्ख्या पनि फेब्रुअरी ४ यता परिवर्तन भएको छैन’, उनले भने।
गत डिसेम्बरदेखि फैलिएको उक्त भाइरसलाई परास्त गर्न सयौँको संख्यामा जनस्वास्थ्य अधिकारी, सरुवा रोग नियन्त्रणका अधिकारी र वैज्ञानिकहरूले विश्वव्यापी योजनाबारे छलफल गरेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण