कोरोना भाइरस संक्रमण : चीनमा एकैदिन २४२ जनाको मृत्यु
‘कोभिड १९’ नाम दिइएकाे कोरोना भाइरसका कारण वुहानमा एकैदिन बुधबार मात्रै २४२ जनाको मृत्यु भएको छ। यसैगरी १४ हजार ८४० नयाँ बिरामी अस्पताल भर्ना भएका छन्।
योसँगै हुबे प्रान्तमा मात्रै ४८ हजार २०६ जनामा कोरोना भाइरस भेटिएको छ। अस्पताल भर्ना भएकामध्ये ५ हजार ६४७ जना सिकिस्त रहेको बताइएको छ। सबै गरी संक्रमित संख्या ६० हजार बढी नाघेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
सबैभन्दा बढी संक्रमित र मृत्यु पनि वुहानमै भएको आयोगले जनाएको छ। रोग पहिचान र उपचारलाई जति तिव्रता दिइएको छ, संक्रमित र मृत्यु हुनेको संख्या पनि बढेको आयोगले जनाएको छ।
अन्य दिन भन्दा बुधबार मृत्यु हुनेको संख्या ह्वात्तै बढेको हो। चीनमा बुधबारसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ३१० पुगेको पनि आयोगले पुष्टि गरेको छ। तर मृत्यु हुनेको संख्या सरकारी तथ्यांक भन्दा धेरै नै हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण