Health TV Online
Health TV Online

विद्यालयमै सेनिटरी प्याड पाउन थालेपछि छात्रा नियमित

विद्यालयमै सेनिटरी प्याड पाउन थालेपछि छात्रा नियमित

तनहुँ : महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराउन थालेको छ। महिनावारी हुँदा विद्यालयमा अनुपस्थित हुने क्रम बढेपछि गाउँपालिकाले १० विद्यालयमा प्याड उपलब्ध गराएको हो।

गाउँपालिकाभित्रका चार माध्यमिक र छ आधारभूत विद्यालयलाई पाँच हजार १७० थान प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्। छात्रालाई महिनावारीको समयमा कक्षा नियमित बनाउने उद्देश्यले सेनेटरी प्याड उपलब्ध गराइएको उनले बताइन्।

सम्बन्धित विद्यालयका शिक्षिकालाई नै प्याड व्यवस्थापनको जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ। विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि छात्रालाई सहज भएको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षिका अमृता वाग्लेले जानकारी दिइन्।

उनका अनुसार विद्यालयमै प्याड पाउने भएपछि महिनावारीकोे समयमा विद्यालय नआउने छात्राको दरघटेको छ । ‘महिनावारी भएका वेला प्रायः किशोरी विद्यालय आउँदैनथे’, उनले भने, ‘विद्यालयमै प्याड उपलब्ध हुने भएपछि छात्रा नियमित  आउन थालेका छन्।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार