Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मी भन्छन्, कोरोना भाइरसबारे थाहै छैन

हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मी भन्छन्, कोरोना भाइरसबारे थाहै छैन

कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ। तर, हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी नै कोरोना भाइरसको बारेमा बेखबर छन् ।

कोरोना भाइरस नयाँ भएकाले राम्रो जानकारी नभएको हेल्थ डेस्कका प्रमुख हेल्थ असिस्टेन्ट देवीचन्द्र थापा बताउँछन्। ‘कोरोना भाइरस के हो भन्नेबारे म पनि जानकार छैन’ उनले भने, ‘नयाँ रोग भएकाले के कसरी सर्छ र देखिने लक्षणका बारेमा धेरै स्थास्थ्यकर्मीलाई जानकारी नै छैन।’

कोरोना भाइरस नयाँ भएकाले यो रोगका बारेमा स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिनुपर्ने उनले बताए। ‘कोरोना भाइरसको जाँच गर्नुस् भनेर निर्देशन दिँदैमा हुँदैन’, उनले भने ‘नयाँ रोगको बारेमा स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्छ।’

हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीसँग कोरोना भाइरस जाँच गर्ने प्रभावकारी उपकरणसमेत छैन। इन्फ्रारेड थर्मोमिटरको सहायताले कोरोना भाइरसको जाँच गर्दै आएको हेल्थ असिस्टेन्ट थापाले बताए। हेल्थ डेस्क स्थापना भएको एक साता पुगिसकेको छ । तर, अहिलेसम्म २० जनाको मात्रै स्वास्थ्य जाँच गरिएको उनले बताए। भारतमा कोरोना भाइरस नदेखिएकाले कडाइका साथ जाँच गरिएको छैन।

शंकास्पद व्यक्तिलाई हेल्थ डेस्कसम्म नाकामा खटिएका प्रहरीले लैजाने गरेका छन्। रुघाखोकी र ज्वरो आएकोजस्तो लागेमा हेल्थ डेस्कमा लिएर जाँचका लागि स्वास्थ्यकर्मीको जिम्मा लगाउने गरिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन