Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अपांगता भएकाका लागि एनआरएनएले शौचालय बनाइदिने

अपांगता भएकाका लागि एनआरएनएले शौचालय बनाइदिने

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शारीरिक अपांगता भएकाका लागि विभिन्न स्थानमा शौचालय निर्माण गरिदिने भएको छ। कलंकी, कोटेश्वर, चाबहिल र महाराजगञ्जमा पाँच वर्षभित्र शौचालय निर्माण गरी सञ्चालनमा ल्याइने जनाइएको छ।

काठमाडौं महानगरपालिकासँग  भएको सम्झौताअनुसार शौचालय सञ्चालनमा आवश्यक पर्ने जनशक्ति तथा व्यवस्थापकीय काम एनआरएनएले गर्नेछ। सम्झौताअनुसार पहिलो चरणमा कलंकी र कोटेश्वरमा निर्माण भएपछि बाँकी दुई स्थानको काम अघि बढाउने कार्यकारी अधिकृत हेमन्तकुमार दवाडीले जानकारी दिए।

महिला शौचालयमा सेनेटरी प्याड फाल्न मिल्ने तथा फ्यालिएका प्याडलाई वाष्पीकरण गरेर जोखिममुक्त बनाउने प्रविधि जडान हुनेछ । त्यस्तै बच्चालाई डाइपर फेराउने र स्तनपान गराउने ठाउँको पनि प्रबन्ध हुनेछ । प्रतिघण्टा १०० व्यक्तिले प्रयोग गर्ने आँकलन गरी यस प्रकारको शौचालयको ढाँचा अघि सारिएको हो।

नयाँ शौचालय निर्माणसँगै हाल रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गरिने, तिनमा पहुँच बढाइने जनाइएको छ। साथै पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थानमा सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपा उपप्रमुख हरिप्रभा श्रेष्ठ जानकारी दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि