Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

केन्द्रबाट गुम्बा गएको टोली भाइरल प्रभावितको परीक्षण गर्दै

केन्द्रबाट गुम्बा गएको टोली भाइरल प्रभावितको परीक्षण गर्दै

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ गुम्बा गाउँमा स्वास्थ्य टोली खटाएको छ।

गाउँमा रहेका सर्वसाधारणमा रुघाखोकी र ज्वरोसहितको स‌ंक्रमण देखिन थालेपछि मन्त्रालयले स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य टोली खटाएको हो ।

प्रयोगशाला परीक्षणको लागि आवश्यक पर्ने घाँटीको स्रावको नमुना संकलनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट एक जना ल्याब टेक्निसियनको भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) सहित टोली प्रभावित क्षेत्रमा खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी बताए।

केन्द्रबाट गुम्बा गाउँ पुगेका मेडिकल अधिकृतसहित पाँच जना स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन्। यसैगरी स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकको समन्वयमा जलविरे प्राथमिक स्वास्थ्य केन्द्रबाट पुगेका एक मेडिकल अधिकृतर एक अनमीले पनि बिरामीको उपचार गरिरहेका छन्।

यसअघि चौतारा अस्पतालले दुई जना मेडिकल अधिकृतसहित चार जनाको स्वास्थ्यकर्मीको टोली खटाएको थियो। मन्त्रालयका प्रवक्ता श्रेष्ठले गाउँपालिकाले सूचना दिनासाथ सामुदायिक स्वास्थ्य एकाइबाट एकजना र गुम्बा स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्य सहायकलाई औषधिसहित प्रभावित समुदायमा पठाइएको जानकारी दिए।

गत माघ २३ गतेदेखि गुम्बा गाउँका बासिन्दालाई रुघाखोकी र ज्वरोसहितको लक्षण देखिन थालेको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि