केन्द्रबाट गुम्बा गएको टोली भाइरल प्रभावितको परीक्षण गर्दै
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ गुम्बा गाउँमा स्वास्थ्य टोली खटाएको छ।
गाउँमा रहेका सर्वसाधारणमा रुघाखोकी र ज्वरोसहितको संक्रमण देखिन थालेपछि मन्त्रालयले स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य टोली खटाएको हो ।
प्रयोगशाला परीक्षणको लागि आवश्यक पर्ने घाँटीको स्रावको नमुना संकलनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट एक जना ल्याब टेक्निसियनको भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) सहित टोली प्रभावित क्षेत्रमा खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी बताए।
केन्द्रबाट गुम्बा गाउँ पुगेका मेडिकल अधिकृतसहित पाँच जना स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन्। यसैगरी स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकको समन्वयमा जलविरे प्राथमिक स्वास्थ्य केन्द्रबाट पुगेका एक मेडिकल अधिकृतर एक अनमीले पनि बिरामीको उपचार गरिरहेका छन्।
यसअघि चौतारा अस्पतालले दुई जना मेडिकल अधिकृतसहित चार जनाको स्वास्थ्यकर्मीको टोली खटाएको थियो। मन्त्रालयका प्रवक्ता श्रेष्ठले गाउँपालिकाले सूचना दिनासाथ सामुदायिक स्वास्थ्य एकाइबाट एकजना र गुम्बा स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्य सहायकलाई औषधिसहित प्रभावित समुदायमा पठाइएको जानकारी दिए।
गत माघ २३ गतेदेखि गुम्बा गाउँका बासिन्दालाई रुघाखोकी र ज्वरोसहितको लक्षण देखिन थालेको हो ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै