Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘क्वारेन्टाइन’ मा तयारी पूरा, चीनबाट फर्किएकालाई विमानस्थलबाट यसरी पुर्याइनेछ

‘क्वारेन्टाइन’ मा तयारी पूरा, चीनबाट फर्किएकालाई विमानस्थलबाट यसरी पुर्याइनेछ

भक्तपुर : सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभागले बुधबार चाँगुनारायण नगरपालिकामा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायसँग समन्वय गरी कार्य गरिरहेको जनाएको छ।

चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीलाई स्वदेश फर्काउने सन्दर्भमा खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरेको क्वारेन्टाइनमा स‌ंक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा‍. वासुदेव पाण्डेले बताए।

स्वास्थ्य मन्त्रालय, गृह, रक्षा, परराष्ट्र, शहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको समन्वयमा काम भइरहेको जानकारी उनले दिए। पाण्डेले चीनबाट ल्याइने नेपालीमा भाइरसको संक्रमण नहुने दाबी गरे।

चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेसलाई नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिने उनले जानकारी दिए। क्वारेन्टाइनमा उपयोग गरिने तालिम केन्द्रका भवन, कोठा, प्रयोग गरिएका सामानमा संक्रमण रोकथाम व्यवस्था गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. फडिन्द्रप्रसाद बरालको भनाइ छ।

क्वारेन्टाइनमा रहेका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने र कसैलाई रोग लागेको शंका हुनासाथ उपचारका लागि अस्पतालमा ‘आइसोलेसन’मा राख्ने व्यवस्था गरिएको बताइएको छ। डा‍. बरालले चीनमा स्वास्थ्य परीक्षण गरेर स‌ंक्रमण नभएकालाई ल्याउने र एयरपोर्टमा पुनः स्वास्थ्य जाँच गरी त्यहाँबाट पाँचवटा बसमा हालेर खरिपाटीको क्वारेन्टाइनमा राखिने उनले बताए।

क्वारेनटाइनमा दुईवटा भवनमा पुरुष, एक वटा रातो भवनमा महिला र निर्देशकको क्वाटरमा एक जना डाक्टर र एक जना नर्सलाई राख्ने गरी व्यवस्था गरिएको छ। प्रत्येक दिन क्वारेन्टाइनमा बस्नेको ज्वरो नाप गरिने र ज्वरो एवं रुघा लागेमा तत्कालै एम्बुलेन्समा हालेर टेकु अस्पताल लैजाने व्यवस्था गरिएको बताइएको छ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जोखिम भएका व्यक्तिलाई राख्न भने यही ठाउँ रोज्नु गलत भएको बताए। ‘प्राधिकरणको खेर गएको एउटा भवन वा जग्गा नगरपालिकाको भवन मानव अ‌ंग प्रत्यारोपण केन्द्रको डाइलासिस केन्द्र बनाउन दिन माग गर्दा सरकारले दिएन’, उनले भने, ‘अहिले यहाँका मानिसको ज्यान जोखिममा पार्नेगरी क्वारेन्टाइन बनाउने कुरामा हामी कसरी सहमत हुन सक्छौँ?’

वडाध्यक्षहरूले पनि सरकारले स्थानीय सरकारसँग समन्वय नगरी निर्णय लाद्ने प्रयास गरेको भन्दै असहमति जनाए।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन