Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस नियन्त्रणमा विश्वका नेताले चीनलाई सघाउने

कोरोना भाइरस नियन्त्रणमा विश्वका नेताले चीनलाई सघाउने

प्राणघातक कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताहरूले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गरेका छन्। उनले चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि चीनलाई यो संक्रमणविरुद्धको लडाइँमा आवश्यक सहयोग गर्ने बताएका छन्। उनले अहिलेसम्म चीनले अघि सारेका नियन्त्रणका उपायहरुको प्रसंशा गरेका छन्।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाले पनि चीनलाई सान्त्वना दिएका छन्। उनले पनि चिनियाँ प्रयासको सराहना गर्दै यो समस्याबाट छिट्टै नै मुक्ति पाउने विश्वास लिएका छन्।

ग्रिक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आफ्नो देशले पनि सक्दो सहयोग चीनलाई गर्ने आश्वासन दिएका छन्। टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डाेगानले चीनका राष्ट्रपति सि चिनफिङको कुशल नेतृत्वबाट भाइरस निवारणको काम चीनले छिट्टै गर्ने विश्वास लिएका छन्।

यसैगरी अल्जेरिया, इथियोपिया तथा अइरिस प्रधानमन्त्रीहरुले पनि चीनलाई सान्त्वता दिँदै यस संक्रमणको नियन्त्रण एवं निवारणका लागि सबै प्रकारका सहयोग गर्ने बताएका छन्।

विश्वका नेताहरू कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यका लागि आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताएको समाचारमा जनाइएको छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि