Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यौन जीवनमा प्रवेश गरेका महिलाले नियमित गर्नुपर्छ पाठेघरको जाँच (भिडियोसहित)

यौन जीवनमा प्रवेश गरेका महिलाले नियमित गर्नुपर्छ पाठेघरको जाँच (भिडियोसहित)

महिलामा उमेर बढ्दै जाँदा अनेकौं स्वास्थ्य स्वास्थ्य समस्या देखिन थाल्छन्। पाठेघरको मुखमा इन्फेक्सन हुने, तल्लो पटे दुख्ने, प्रजनन अंग चिलाउने वा पोल्ने र पाठेघरमा ‘सिस्ट’ पलाउने आदि समस्या यो उमेरदेखि देखिन थाल्छ। यी समस्याबाट बच्न बेलैमा सचेत हुन जरुरी छ। वेलैमा स्वास्थ्यको ख्याल नगर्दा पछुताउनुपर्ने पनि हुन सक्छ।

विशेषगरी विवाह गरी यौन जीवनमा प्रवेश गरेका महिलाहरूले आफ्नो प्रजनन अंगको सरसफाई एवं नियमित जाँचमा ध्यान दिनुपर्छ। सबै महिलाले बाहिर लगाउने लुगा नयाँ र सफा खोजेको देखिन्छ। जति बाहिर लगाउने लुगामा ख्याल राखिन्छ, भित्री वस्त्रमा भने चासो राखिँदैन। कतिपयले भित्री वस्त्र देखिँदैन जस्तो भए नि भइहाल्छ भनेको पनि सुनिन्छ। त्यसो गर्नु गलत हो।

बरु बाहिर लगाउने लुगा जस्तो भए पनि स्वास्थ्यमा त्यति फरक पर्दैन। भित्री वस्त्र भने सफा र सकेसम्म कटनको लगाउनुपर्छ। कटनको लुगा लगाउँदा नरम हुनुपर्छ। चिलाउने किसिमको हुनु हुँदैन। भित्री वस्त्रका कारण पनि अनेकौँ समस्या आउँछन्।

यसैगरी महिनावारीका वेला पनि ध्यान पुराउन जरुरी छ। महिनावारीको समयमा प्रत्येक चारदेखि ६ घण्टामा सेनिटरी प्याड फेनुपर्छ। अझ यसअघि नै फेर्न सके राम्रो। योसँगै कपडाको प्याड प्रयोग गर्ने हो भने त्यसलाई राम्ररी साबुन पानीले धोएर घाममा सुकाउनुपर्छ। घाममा सुकाउँदा किटाणुहरू मर्छन् र इन्फेक्सन हुने सम्भावना कम हुन्छ।

आजभोलि धेरै अस्पतालमा ‘होलबडी चेकअप’ भनेर प्याकेज बनाइएको हुन्छ। तर अधिकांश अस्पतालमा पाठेघरको मुखको जाँच ‘प्याप स्मेयर’ जाँच समावेश गरेको पाइँदैन। त्यसैगरी स्तन क्यान्सर छ छैन भनेर गरिने अल्ट्रासाउण्ड राखेको पाइँदैन प्याकेजमा। यसले गर्दा एकातिर महिलाहरूलाई मैले होलबडी जाँच गरे भन्ने भ्रम हुन्छ। तर भित्रको रोग पत्ता लाग्दैन। जाँच नै नगरी कसरी पत्ता लाग्नु! हामीले त्यही कुरा मध्यनजर गर्दै स्टार अस्पतालमा भने होलबडी जाँचमा महिलाका लागि यी सबै जाँच समावेश गरेका छौँ।

महिलाहरूमा ४० काटेपछि स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको सम्भावना हुन्छ। यसबाट बच्न पनि सानैदेखि सरसफाई र नियमित जाँचमा ध्यान दिनुपर्छ। नियमित जाँच गराउने हो भने यी र यस्ता लक्षण शुरुमै पत्ता लाग्छ। शुरुमै उपचार गर्न सकिन्छ।

अर्को कुरा पाठेघरको मुखको क्यान्सरबाट बच्न यसविरुद्धको भ्याक्सिन उपलब्ध छ। आफू र छोरीहरूलाई भ्याक्सिन दिएर यो क्यान्सरबाट जोगिन सकिन्छ। अर्को कुरा महिलाहरूमा बारम्बार पिसाबमा इन्फेक्सन हुने समस्या पनि बढ्दो छ। यो रोग पनि बढी मात्रामा सरसरफाईमा जोडिन्छ। महिलाहरूको प्रजनन अंगको बनावटका कारण पनि रोग लाग्ने सम्भावना बढी हुन्छ। आफ्ना अंग र तिनको सरसफाईबारे हामी आफैँ चनाखो हुन जरुरी छ।

आजभोलि धेरै अस्पतालमा ‘होलबडी चेकअप’ भनेर प्याकेज बनाइएको हुन्छ। तर अधिकांश अस्पतालमा पाठेघरको मुखको जाँच ‘प्याप स्मेयर’ जाँच समावेश गरेको पाइँदैन। त्यसैगरी स्तन क्यान्सर छ छैन भनेर गरिने अल्ट्रासाउण्ड राखेको पाइँदैन प्याकेजमा। यसले गर्दा एकातिर महिलाहरूलाई मैले होलबडी जाँच गरे भन्ने भ्रम हुन्छ। तर भित्रको रोग पत्ता लाग्दैन। जाँच नै नगरी कसरी पत्ता लाग्नु! हामीले त्यही कुरा मध्यनजर गर्दै स्टार अस्पतालमा भने होलबडी जाँचमा महिलाका लागि यी सबै जाँच समावेश गरेका छौँ।

महिलाहरूले एक वर्षमा एक पटक आफ्नो पाठेघर ठिक छ की छैन, स्तनमा कतै गाँठागुँठी छन् कि भनेर जाँच गराउनुपर्छ। यस्तै अन्य समस्या केही छन् कि भनेर नियमित जाँच गर्न सके धेरै रोगहरू समयमै पत्ता लाग्छ र शुरुमै उपचार गर्न सजिलो हुन्छ। रोग नै नभए ढुक्क हुन सकिन्छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन