सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना होइन, सिजनल फ्लु : स्वास्थ्य मन्त्रालय
काठमाडौं : स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित गुम्बा गाउँमा केही दिनयता फैलिएको संक्रमण कोरोना भाइरस नभएको बताएको छ।
गाउँपालिकाले कोरोना भाइरसको जस्तै लक्षण देखिएको भन्दै मंगलबार मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले गुम्बा गाउँमा देखिएको रोग सामान्य रुघाखोकी भएको जानकारी दिए। उनले त्यहाँका मानिसलाई कोरोना संक्रमण नभएको दाबी गरे।
‘जुगलकाे गुम्बा गाउँमा फैलिएको कोरोना होइन, सिजनल फ्लु हो’, उनले भने, उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली खटिइसकेको छ। आवश्यक परे काठमाडौंबाट पनि स्वास्थ्यकर्मी पठाउँछौं।’
वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले पनि सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमण नदेखिएको दाबी गरेका छन्। उनले गुम्बामा देखिएको भाइरल रुघाखोकी र ज्वरोको बारेमा अनुसन्धान र नमुना संकलन गर्न स्वास्थ्यकर्मी पुगेको भन्दै धैर्यगर्न आग्रह गरेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण