Health TV Online
Health TV Online
Health TV Online

प्राथमिक स्वास्थ्य केन्द्रमा ‘एचडीयू’ सेवा

प्राथमिक स्वास्थ्य केन्द्रमा ‘एचडीयू’ सेवा

दोलखा : सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र प्रस्तावित (चरिकोट अस्पताल) मै जटिल अवस्थाका बिरामीको उपचार हुने भएको छ।

बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी प्राथमिक स्वास्थ्य केन्द्रले एचडीयू सेवा (हाइ डिपेन्डेन्सी युनिट) अर्थात् उच्च निर्भरता एकाइ सञ्चालनमा ल्याएको हो। विषादी सेवन गरेका, श्वासप्रश्वासमा समस्या भएका, मध्यम मुटुरोगीलगायतका बिरामी एक महिनाभित्रका शिशुको उपचार गर्न थालिएको डा. विनोद दंगालले बताए।

स्वास्थ्य सेवा प्रभावकारी बनाउन र जिल्लावासीलाई सहज तरिकाले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भिमेश्वर नगरपालिकाले अस्पतालका लागि आवश्यक पर्ने उपकरण खरिद गरेर दिएको थियो।

एचडीयू सेवा सञ्चालन गरेसँगै अस्पतालका लागि १५ लाखभन्दा बढीको औषधि र थप जनशक्ति आवश्यक पर्ने भएका कारण २४सै घण्टा सेवा प्रदान गर्न त्यसको व्यवस्थापन स्थानीय तहले गर्ने गरी सेवा सञ्चालनमा ल्याइएको नगरप्रमुख भरतबहादुर केसीले बताए।

सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिने बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार