सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्थानीयमा कोरोनाको शंका गर्दै स्वास्थ्य मन्त्रालयलाई पठायो पत्र
काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले ठुलो संख्यामा स्थानीयमा रुघा खोकी ज्वरो आउनेक्रम बढेपछि कतै कोरोना भाइरस त हैन भन्दै सहयोगको लागि स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ ।
कोरोना भाइरसका कारण विश्व नै त्रसित बनिरहेका बेला यसकै लक्षणसँग मिल्दोजुल्दो बिरामी बढ्न थालेपछि मन्त्रालयको सहयोग मागेको हो । मंगलबार पठाइएको पत्रमा जुगल गाउँपालिकाको गुम्बा वस्तीमा एक्कासी कोरोनाको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएको र त्यसका लागि स्वास्थ्यकर्मी खटाइदिन आग्रह गरिएको छ ।
उक्त गाउँपालिकाको वडा नम्बर ३ को गुम्बा बस्तीमा सोमबारदेखि यस्ता लक्षण भएका बिरामी स्वास्थ्य कार्यालयमा आउन थालेको बताइएको छ ।
मन्त्रालयलाई पठाइएको पत्रमा विश्वमा फैलिइरहेको कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं भन्ने उल्लेख छ ।
जुगल गाउँपालिकाका प्रशासकीय अधिकृत लोक बहादुर बिकद्धारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशाससन कार्यालय सिन्धुपाल्चोक र जिल्ला स्वास्थ्य कार्यालय चौतारालाई समेत दिइएको छ । एकैदिन सय जना भन्दा बढीमा यस्ताे लक्षण देखिएकाे बताइएकाे छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा