निर्वाचनका बेला गरेका हरेक प्रतिबद्धता पूरा गर्छु: डा लोचन कार्की
काठमाडौं : नेपाल चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष डा लोचन कार्कीले आफूले निर्वाचनका वेला गरेका हरेक प्रतिबद्धता पूरा गर्ने आश्वासन दिएका छन्।
मंगलबार नयाँ कार्यसमितिलाई बधाई दिने कार्यक्रममा डा कार्कीले आफूले गरेका प्रतिवद्धता बोलीमा मात्रै नभई व्यवहारमै लागू गर्ने बताए । उनले आफू लगायतका धेरै पदाधिकारी संघमा लामो समय काम गरिसकेका भएकाले पनि चिकित्सकका समस्या नजिकबाट नियालेको भन्दै त्यसलाई समाधान गर्न तुरुन्तै लाग्न सकिने पनि जिकीर गरे ।
उनले आफू र आफनो टिमलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण चिकित्सकलाई धन्यबाद समेत दिए । उनले चिकिसा क्षेत्रमा देखिएका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने बताए । कार्कीले भने, ‘चिकित्सकहरुले माया र विश्वास गरेर दिएको मतले ममा अझ बढी जिम्मेवारी थपिएको बोध भएको छ । यो अमूल्य मतको कदर अवश्य गर्नेछु ।’
चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा डा कार्कीले पेशागत समावेशी समूहका डा पुष्पमणी खराललाई भारी मतले पराजित गरेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण