चिकित्सक संघ निर्वाचन : सदस्यको एक पद बाहेक सबै पदमा लोकतान्त्रिक समूह विजयी
काठमाडौं : चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघको निर्वाचनमा सदस्य एक पद बाहेक सबै पदमा लोकतान्त्रिक समूह विजयी भएको छ ।
अध्यक्षका उम्मेदवार डा लोचन कार्कीले ४ हजार १ सय ११ मत ल्याएर आफना प्रतिद्धन्दी डा पुष्पमणी खराललाई पराजित गरेका हुन्। पेशागत समावेशी समूहका अध्यक्षका उम्मेदवार डा खरालले १ हजार ९ सय ७९ मत ल्याएका थिए ।
लोकतान्त्रिक समूहबाटै बरिष्ठ उपाध्यक्षमा डा शिवप्रसाद श्रेष्ठ, उपाध्क्षमा डा अनिल विक्रम कार्की, महासचिवमा डा बद्री रिजाल, कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी, सहसचिवमा डा निरजकुमार सिंह र सहकोषाध्यक्षमा डा विश्वराज दवाडी विजयी भएका छन्।
यसैगरी सदस्यहरुमा लोकतान्त्रिक समूहबाटै डा रितेश थापा, डा नन्दकुमारी गुरुङ, डा विपेश आचार्य, डा सञ्जिव तिवारी, डा प्रमोद जोशी निर्वाचित भएका छन्। सदस्यमा एक जना पेशागत समावेशी समूहका डा लिजन महर्जन विजयी भए । उनले लोकतान्त्रिकका डा विक्रान्त ढकाललाई पराजित गरेका हुन्।
संघको नयाँ कार्यसमितिका लागि उपत्यका बाहिर गत माघ ४ र ५ गते र उपत्यकामा माघ १७ देखि २१ गतेसम्म मतदान भएको थियो ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै