वुहानमा रहेका विद्यार्थीका अभिभावक भन्छन्, बाध्य भएर अरु देश गुहार्न नपरोस्
काठमाडौं : चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीलाई चाँडो स्वदेश ल्याउना अभिभावकहरूले फेरि सरकारको ध्यानाकर्षण गरेका छन्।
सोमबार काठामाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अभिभावकले आफ्ना छोराछोरी छिटो नेपाल ल्याइदिन माग गरेका हुन्। अभिभावक उमेशबहादुर सिंहले अहिलेसम्म सबैजना सकुशल रहेको र नेपाल ल्याउन ढिलो गरे संक्रमण देखिनसक्ने भन्दै छिटो गर्न आग्रह गरे। ‘चीनले आफ्ना नागरिक लैजानु भनिसकेको छ। केकाे ढिलाइ?’, उनले भने, ‘यस्तो समय नआओस्, बाध्य भएर अरु देश गुहार्नुपरोस्।’
अर्की अभिभावक गीता भट्टराईले आफूहरु मन्त्रालय धाउँदा धाउँदा थाकिसकेको बताइन्। उनले के कारणले ढिलो भएको बुझ्न नसकेको बताइन्। ‘छोराछोरी सम्झिँदा भक्कानो छुट्छ’, उनले भनिन्, न हामी यहाँ निदाउन सकेका छौँ। न उनीहरू।’ जनताका लागि काम गर्ने भन्नेहरूको व्यवहार देख्दा अचम्ममा परेको उनको भनाइ छ।
चीनको हुवेइ प्रान्तको वुहानबाट १८० जना नेपालीले स्वदेश फर्कनका लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन्। चीनको वुहानबाट सन २०१९ डिसेम्बरको अन्त्यतिर पहिलोपटक देखिएको कोरोना भाइरस अहिले चीन र विश्वका २३ मुलुकमा फैलिएको छ। अहिलेसम्म ४० हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखा परेको छ भने ९०९ जनाको मृत्यु भइसकेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित