स्वास्थ्यकर्मीको समायोजन तीन दिन भित्र सक्न मन्त्रीको निर्देशन
काठमाडौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीको समायोजन जसरी पनि माघ मसान्तसम्म समाधान गर्न सहसचिव महेन्द्र प्रसाद श्रेष्ठलाई निर्देशन दिएका छन्।
समायोजनका कारण अन्य काममा बाधा पुगेको भन्दै यसलाई छिटो समाधान गर्न मन्त्री ढकालले आफूलाई निर्देशन दिएको श्रेष्ठले जानकारी दिए ।
सोमबार स्वास्थ्य मन्त्रालयमा समायोजनकै काममा जुटिरहेका श्रेष्ठले माघ मसान्तसम्म सबै काम सकाउन सम्भव नभएको भन्दै एक सातामा भने जसरी पनि समाधान गर्ने बताए। उनले भने, ‘एक सातामा सबै काम सकिन्छ र हामी समायाेजनकाे गुनासो सुन्ने समिति नै भंग भएको घोषणा गछौं ।’
उनले स्वास्थ्यमा अझै ३ हजार स्वास्थ्यकर्मीको समायोजन बाँकी रहेको पनि जानकारी दिए । त्यसमध्ये ५ सय जना स्वास्थ्यकर्मीको गुनासो सुनुवाई हुने र बाँकी २ हजार ५ सय जनाको सुनुवाई गर्न नसकिने पनि जिकीर गरे ।
अन्य मन्त्रालयका कर्मचारी समायोजन भएर आ आपनो काममा गइसकेका बेला स्वास्थ्यको समायोजन भने अझै पनि मन्त्रालयको टाउको दुखाई बनिरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा