काेराेना भाइरसले मृत्यु हुनेकाे संख्या ९०८ पुग्याे, ४० हजार संक्रमित
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ सय नाघेको छ। आइतबारसम्म ९०८ जनाको मृत्यु भएको छ। आइतबार मात्रै ९७ जनाको मृत्यु भएकाे चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
काेराेना भाइरसका कारण अहिलेसम्म ४० हजार १७१ जना संक्रमित भएका छन्। एक लाख ८७ हजार ५१७ चिकित्सकको निगरानीमा रहेकाे बताइएको छ। आयोगको तथ्यांकअनुसार अहिलेसम्म तीन हजार २८१ जना उपचार गराई अस्पतालबाट घर फर्किएका छन्।
गत महिना चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस चीनको ३१ वटै प्रान्तमा फैलिएको छ। चीनबाहेक फिलिपिन्समा एक र हङकङमा एकजनाको मृत्यु भएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण