बिरामी बाेक्ने एम्बुलेन्समा चित्तल भेटिएपछि…
बैतडी : सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको भेटिएएको छ। डिलासैनी गाउँपालिकामा सञ्चालित एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको हो।
आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जाँच गर्दा एम्बुलेन्समा चित्तल फेला परेको हो। एम्बुलेन्स चालक महेश बोहरा र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छन्। चित्तल वन कार्यालयलाई बुझाइएको र चालकलाई कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।
प्रतीकात्मक तस्विर





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा