छोराछोरी तत्काल नेपाल ल्याइदिन माग गर्दै मानव अधिकार आयोगमा अभिभावककाे ज्ञापनपत्र
काठमाडौं: चीनमा रहेका आफन्तलाई उद्धार गरी नेपाल ल्याउन सहयोग गरिदिन अभिभावकले मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका छन्। आइतबार अभिभावकले मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई ज्ञापन पत्र समेत बुभाएका छन्। ज्ञापन पत्र बुझाउँदै उनीहरुले कोरोना भाइरसका कारण त्रसित बनेका छोराछोरीको छिटो भन्दा छिटो उद्धार गरिदिन सहयोगको अपिल गरे।
ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष शर्माले यो समस्या समाधानका लाथि तत्काल सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने प्रतिवद्धता जनाए । कार्यक्रममा अभिभावकले आफूहरु स्वास्थ्य, परराष्ट, गृह मन्त्रालय समेत गई छोराछोरीको उद्धार गरिदिन अपिल गर्न थालेको दुई साता भइसक्दा पनि कुनै ठोस कदम नचालिएको भन्दै आक्रोस ब्यक्त गरेका थिए ।
अभिभावक मोहन खतिवडाले वुहानमा एमबीबीएस पढ्दै गरिरहेकी छोरीले प्रत्येक दिन कहिले आउने हामी भन्दै रुँदै फोन गर्ने गरेको भन्दै सरकारले चासो नदिएको बताए । उनले भारत, श्रीलंका,बंगलादेशले आफना नागरिक लान सक्ने नेपालले मात्रै किन नसक्ने यसको जवाफ चाहियो भन्दै आक्रोस ब्यक्त गरे ।

अर्का अभिभावक रबि भट्टराईले कोरोना भाइरसका कारण नेपालीहरु बन्दी जस्तै बनेकाले खानेकुरा, पानी लगायतका सामान सकिंदै गरेको र मानसिक रुपमा त्रसित बनेकाले उनीहरुलाई छिटो उद्धार गर्नुपर्ने बताए । उनले भने,’कि सरकारले हाम्रा नागरिक होइनन भन्नुपर्यो होइन भने दुखमा परेका बेला छिटो उद्धार गर्नुपर्यो ।’
अधिकांस अभिभावकले यस्तो आपत परेका बेला सरकारले आफना नागरिकको वास्ता नगरेको भन्दै गुनासो गरेका थिए । उनीहरूले भने,’सरकारले नसक्ने भए सक्दैनौं भनोस हामी आफना छोराछोरी आफैले ल्याएर आउँछौं ।’

अत्यन्त चिन्तित र आक्रोसित देखिएका आभिभावकले छोराछोरीलाई रोग नलाग्दै नेपाल ल्याइदिन आफूहरुले सरकारलाई कस्तो सहयोग गर्नुपर्ने हो गर्न तयार रहेको समेत जिकीर गरे । काेराेना भाइरसका कारणा हालसम्म चीनमा ८ सय १३ जनाकाे मृत्यु भइसकेकाे छ भने सैंतिस हजार बढी संक्रमति भइसकेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण