प्रधानमन्त्री अस्वस्थ, बालुवाटारमै आराम गर्दै
काठमाडौं : अस्वस्थताका कारण प्रधानमन्त्री केपी शर्मा ओली ‘सगरमाथा राष्ट्रिय संवाद’ कार्यक्रममा सहभागी हुन सकेनन्। ओली अनुपस्थित भएपछि सम्मेलनको उद्घाटन आइतवार रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन्।
सगरमाथा संवाद प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने तय भएको थियो। उनी अस्वस्थ भएर सहभागी हुन नसक्ने भएपछि नेकपा केन्द्रीय सचिवालयको बैठक पनि स्थगित गरिएको छ। प्रधानमन्त्रीलाई आराम आवश्यक परेकाले सचिवालय बैठक स्थगित गरिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए।
मिर्गौलाको समस्या भोगिरहेका प्रधानमन्त्री ओलीको शनिबार मात्रै ‘डाइलासिस’ गरिएको थियो। त्यसैकारण प्रधानमन्त्री बैठक तथा कार्यक्रममा भाग लिन असमर्थ भएको बताइएको छ। डाइलासिसका लागि उनी शिक्षण अस्पतालस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ पुगेका थिए ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले नियमित रूपमा डाइलाइसिस गराउँदै आएका छन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा