त्रिवि शिक्षण अस्पतालमा चौथोपटक कलेजोको सफल प्रत्यारोपण
काठमाडौं : त्रिवि शिक्षण अस्पतालले चौथोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ। बौद्धका ५७ वर्षीय एक व्यक्तिलाई उनकी २७ वर्षीया छोरीले दिएको कलेजो प्रत्यारोपण गरिएको हाे।
कलेजो प्यांक्रियाज तथा ग्यास्ट्रो इन्टेस्टटाइनल सर्जन डा. रमेशसिंह भण्डारीका अनुसार शनिवार नौ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको हो। अहिले बाबुछोरीकै स्वास्थ्य अवस्था स्थिर छ।
भण्डारी नेतृत्वकै टाेलीले गत जेठ १८ गते पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो। यस्तै दाेस्राेपटक साउन ३ गते र तेस्राेपटक कात्तिक १ गते कलेजो प्रत्यारोपण गरिएको थियो ।
यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा