१३ जिल्लामा आज पनि हात्तीपाइलेविरुद्ध औषधि खुवाइँदै
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार पनि १३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदैछ। शनिवार छुटेकाहरूलाई आज औषधि खुवाउन लागिएको मन्त्रालयले जनाएको छ।
यो वर्ष १३ वटा जिल्लाका ७४ लाख ६१ हजार जनालाई औषधि खुवाउने सरकारको लक्ष्य छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदैछ।
शरीरमा हात्तीपाइले रोगको परजीवी भएकाहरूमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने जस्ता लक्षण देखा पर्न सक्छ। यस्ता लक्षण देखिएमा औषधिले प्रभावकारी रूपमा काम गरेको भनेर बुझ्न महाशाखाले आग्रह गरेको छ।
नेपालमा सन् २००३ देखि आमरूपमा औषधि सेवन गराउन थालिएकाे हो। नेपालमा सन् २०२० भित्र यो रोग निवारण गर्ने लक्ष्य राखिए पनि पूरा हुने सम्भावना देखिएका छैन।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा