नेपाली सेनाकाे स्वास्थ्य शिविर
सप्तरी : सीमावर्ती क्षेत्र तिलाठी कोइलाडीमा नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १६५ जनाले सेवा लिएका छन्।
गाउँपालिकाकोवडा नंं.१ तिलाठीमा सञ्चालित शिविरमा भीमदल गण राजविराजले शनिवार स्वास्थ्य शिविर सञ्चालन गरेको हो। गणपति गुप्तबहादुर कुँवरका अनुसार सेवा लिनेमा १०३ पुरुष र ६२ महिला छन्। शिविरमा नाक, कान, घाँटी र श्वासप्रश्वासलगायत रोगको उपचारका साथै निःशुल्क औषधि उपलब्ध गराइएको छ ।
ग्रामीण भेगमा बसोबास गर्ने सीमावर्तीका समुदायको स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा स्वास्थ्य उपचारबाट बञ्चित हुनु नपरोस् र स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको गणपति कुँवरले बताए।
शिविरबाट विशेषगरी न्यून आयस्तर भएका, दलित, गरिब समुदाय बढी लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष शतीशकुमार सिंहले जानकारी दिए। शिविरमा नेपाली सेनाका प्राविधिक उपसेनानी डा. विवेककुमार रोशन, डा शशि टण्डनको टिम रहेको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा