Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चीनमा रहेका छोराछोरी नेपाल फर्काउन मानव अधिकार आयोग गुहार्दै अभिभावक

चीनमा रहेका छोराछोरी नेपाल फर्काउन मानव अधिकार आयोग गुहार्दै अभिभावक

काठमाडौं : कोरोनाभाइरस अति प्रभावित हुबे प्रान्तमा रहेका नेपालीका आफन्तहरूले आफना छोराछोरी नेपाल फर्काउन सहयोगको आग्रह गर्दै राष्ट्रिय मानव अधिकार आयोग गुहार्ने भएका छन्।

स्वास्थ्यराज्य मन्त्री र पर्यटनमन्त्रीबाट सहयोग पाइने आशा नभएको भन्दै उनीहरुले आयोगको सहयोग मागेका हुन्। उनीहरुले आजै १२ बजे राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुल्चोकमा जम्मा भइ  ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

एक अभिभावकले भने, ‘हाम्रा छोराछोरी कहिले ल्याउने ? सरकार किन गम्भीर बन्न नसकेको हो बुझ्न सकिएन । उता छोराछोरी आत्तिरहेका छन्। मनोवैज्ञानिक त्रास बढेको छ ।’ सरकार भने त्यहाँबाट नेपालीहरूको उद्धार गर्ने मनस्थितिमा नरहेको पनि उनले जिकीर गरे।

अभिभावकले यसअघि बिहीवार र शुक्रवार गरी स्वास्थ्य मन्त्रालय र पर्यटन मन्त्रालयमा ज्ञापनपत्र दिइसकेका छन्। तर चित्त बुझ्दो जवाफ नपाइएको उनीहरुको गुनासो छ ।

हुबे प्रान्तमा रहेका नेपालीहरुलाई चीन सरकारले क्वारेन्टाइन जस्तो गरी घरभित्रै राखिरहेको छ जसका कारण उनीहरु न त हिंडडुल गर्न नै पाएका छन नत बाहिर निस्कन नै । उनीहरुले नेपाल फर्किन निवेदन दिएकै दुई साता भन्दा बढी भइसकेको छ । तर सरकार भने तयारी नपुगेको भन्दै आलटाल गरिरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार