चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८११ पुग्यो
काठमाडौं : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय ११ पुगेको छ । शनिबार मात्रै ८९ जनाको मृत्यु भएपछि चीनमा मृत्यु हुनेको संख्या ८ सय ११ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
शनिबार मात्रै चीनमा ८९ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ५६ नयाँ संक्रमित फेला परेको पनि आयोगले जनाएको छ । चीनको वुहानमा गत डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसका कारण ३७ हजार १ सय ५८ जना संक्रमित भइसकेका छन्।
शनिबार मृत्यु हुने मध्ये ८१ जना हुबे प्रान्तका रहेका छन्। चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस चीनको ३१ वटै प्रान्तमा फैलिएको छ भने विश्वलाई नै त्रसित बनाइरहेको छ । हालसम्म चीनबाहेक फिलिपिन्समा एक जना र हङकङमा एक जनाको मृत्यु भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा