Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चीनको वुहानमा थपिए ११ हजार स्वास्थ्यकर्मी

चीनको वुहानमा थपिए ११ हजार स्वास्थ्यकर्मी

कोरोना भाइरस अतिप्रभावित क्षेत्र मानिने वुहानमा चीन सरकारले थप ११ हजार स्वास्थ्यकर्मी पठाएको छ। देशका अति राम्रा मानिएका आईसीयू स्टाफसहितका स्वास्थ्यकर्मीको टोली वुहानमा पठाएको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

उनीहरूमध्ये तीन हजार सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र अरु नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले जानकारी दिए। बेइजिङमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले चीनका राम्रो क्षमता भएका चिकित्सकसहितका स्वास्थ्यकर्मी वुहानमा पठाइएको जानकारी बताए।

हुवेई प्रदेशको महत्त्वपूर्ण शहर वुहानमा स‌ंक्रमण नियन्त्रणका लागि सबैभन्दा बढी ध्यान दिइएको यानहोङको भनाइ छ। ‘वुहानमा अत्यावश्यक पर्ने आईसीयूसम्बन्धी स्वास्थ्यकर्मी धेरै पठाइएको छ’, उनले भने, ‘हामी पूर्ण सतर्क छौँ।’

अहिले भइरहेका स्वास्थ्यकर्मीले लामो समयसम्म काम गर्दा उनीहरूलाई शारीरिक तथा मानसिक थकान हुने गरेको उनले जानकारी दिए। हुवेईमा मागअनुसारको स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकेको पनि उनले स्वीकार गरे।

डिसेम्बरको अन्त्यमा चीनमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रवारसम्म ६३६ व्यक्तिको ज्यान लिएको छ। पछिल्लो समाचारअनुसार कोरोना भाइरसको स‌ंक्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन्।

चीनबाहिर विभिन्न ३० देशमा २४० व्यक्तिमा कोरोना भाइरसको स‌ंक्रमण भएको बताइएको छ। अहिलेसम्म हङकङ एक र फिलिपिन्समा एक गरी दुई व्यक्तिको मृत्यु भएको छ।

रासस

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन