नेपालले चीनलाई दियो सहयोग स्वरुप एक लाख मास्क
काठमाडौं : पछिल्लो समय कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपालले एक लाख थान मास्क सहयोग गरेको छ ।
शुक्रबार चिनियाँ राजदूत होउ यान्छीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संयुक्त रुपमा मास्क हस्तान्तरण गरेका हुन् । मास्क हस्तान्तरण कार्यक्रममा राजदुत होउले चीनलाई अप्ठेरो परेको बेला नेपालले गरेको यो सहयोगको खुलेर प्रशंसा गरिन ।
गत डिसेम्बरबाट फैलिएको कोरोना भाइरसका कारण चीन यतिखेर त्रसित बनिरहेको छ । श्वासप्रश्वासका कारण छिटो सर्ने रोग भएकाले सबैलाई मास्क लगाउन आग्रह गरेसँगै चीनमा मास्कको अभाव भएको छ । नेपालमा पनि मास्कको अभाव देखिन थालेको छ । सरकारले मास्क निर्यात नगर्न र मौज्दात राख्न यसअघि नै निर्देशन दिइसकेको छ ।
कोरोना भाइरसको कारण चीनमा हालसम्म ६ सय ३६ जनाको मृत्यु भइसकेको छ भने ३१ हजार बढी संक्रमित भएका छन्। नेपालमा एक जनामा संक्रमण देखिएको भए पनि उनी उपचारपछि घर फर्किसकेका छन्। चीनमा रहेका नेपालीलाई नेपाल ल्याउने तयारी सरकारले गरिरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा