भाइरल ज्वरोबाट गाउँ नै प्रभावित
नुवाकाेट : बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलका कारण गाउँ नै प्रभावित भएको छ। तीन दिनदेखि देखिएको मौसमी भाइरलका कारण गाउँको प्रत्येक घरमा बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले बताए।
गाउँका सबैजसाे बिरामी भएपछि बिहीबारदेखि बेलकोट स्वास्थ्यचौकीबाट गएको अनमी उषा सिंह र कमला पाण्डेसहितको टोलीले उपचार शुरु गरेको छ। अहिलेसम्म ५४ को उपचार गरिएको छ। करिब ५० घरधुरी रहेको गाउँका बासिन्दालाई उच्च ज्वरो, रुघाखोकी, रक्तचाप भएका बिरामी प्रत्येक घरमा पाइएको उपचारमा संलग्न अनमी पाण्डेले जानकारी दिइन्।
तामाङ समुदायको बाहुल्य रहेको गाउँमा बिरामी हुनेमा वृद्धवृद्धा र बालबालिका बढी छन् । उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गरेको अनमी पाण्डेले जानकारी दिइन्। गाउँका बासिन्दा बिरामी हुनुका कारण दूषित खानेपानी हुनसक्ने अनुमान गरिएको छ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै