Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरसकाे डरले चितवनमा घटे पर्यटक

कोरोना भाइरसकाे डरले चितवनमा घटे पर्यटक

चितवन : छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा कमी आएको छ। विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्छन्।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहा पूर्णरूपमा सुरक्षित भएको सन्देश स्वदेश र विदेशमा पुर्याउन आवश्यक रहेको बताए। नेपाल नै कोरोना भाइरसबाट सुरक्षित भएको भन्दै उनले चीनको रोग देखिएका शहरबाट पर्यटक यहाँ नआएकाले याे क्षेत्र पूर्णरूपमा सुरक्षित रहेको बताए।

चीनको भाइरस देखिएका क्षेत्रबाट पर्यटक नेपाल आएका छैनन्। सौराहा क्षेत्रमा पहिले आएका र नेपाल बसोबास गर्दै आएका चिनियाँबाहेकका पर्यटक छैनन्। गत वर्षमा यतिबेला दैनिक ७०० हाराहारी चिनियाँ पर्यटक आउने गर्थे। यतिबेला चितवनमा फाट्टफुट्ट मात्र चिनियाँ पर्यटक रहेका छन्।

स्वदेशी, भारतीय र युरोपियन गरी दैनिक २५० देखि ४०० पर्यटकले अहिले सौराहा धानेको उहाँको भनाइ छ। संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले हामी सुरक्षित छौँ भन्ने सन्देश स्वदेश र विदेशमा प्रवाह गर्न सकेमा चिनियाँ पर्यटक कम भए पनि अन्य पर्यटकले धान्न सक्ने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार