चीनमा काेराेना भाइरस : ६३६ जनाकाे मृत्यु, ३१ हजार संक्रमित
चीनमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार संक्रमणका कारण बिहीबारमात्रै ७३ जनाको मृत्यु भएको छ।
बिहीबार तीन हजार १४३ जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म संक्रमितको संख्या ३१ हजार ११६ पुगेको छ। यीमध्ये ९६२ जना गम्भीर बिरामी छन्।
उपचारपछि एक हजार ५४० जना निको भएर अस्पतालबाट फर्किएको तथ्यांक सार्वजनिक गरिएको छ। बिहीबार मात्रै ३८७ जना घर फर्किएका छन्।
याे भाइरस संक्रमणका कारण चीनबाहिर दुई जनाको मृत्यु भएको छ। कोरोना भाइरसबारे विश्व समुदायलाई पहिलाेपटक जानकारी दिने चिनियाँ चिकित्सकको कोरोना भाइरसकै कारण मृत्यु भएको छ।
एजेन्सीकाे सहयाेगमा





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण