सरुवा रोग नियन्त्रणका लागि ३०० शय्याको अस्पताल बन्ने
काठमाडौं : सरकारले सरुवा रोग नियन्त्रणका लागि ३०० शय्याको अस्पताल बनाउने निर्णय गरेको छ।
यही माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारको मातहत रहने गरी ३०० शय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।
नेपालमा सरुवा रोगको प्रकोप फैलिएमा उपचार गर्ने छुट्टै अस्पताल छैन। सरकारले तत्कालका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमार्फत गम्भीर प्रकारका संक्रामक रोगको उपचार गर्दै आएको छ।
टेकु अस्पताल ६० शय्याको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा