सरकारका प्रवक्ता भन्छन्, वुहानमा रहेका नेपालीप्रति संवेदनशील छौँ
काठमाडौं : चीनको वुहान क्षेत्रबाट विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको बढ्दो रूपप्रति संवेदनशील रहेको सरकारले जनाएको छ।
मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको स्वास्थ्यवस्थाबारे सरकार अत्यन्त संवेदनशील रहेको बताए।
प्रभावित क्षेत्रमा रहेका नेपालीका सम्बन्धमा चीन सरकार अत्यन्त सजग रहेको भन्दै उनले आफ्ना देशका नागरिकसरह नेपाली नागरिकको पनि स्वास्थ्यप्रति चीनले गम्भीर चासो देखाएको दाबी गरे। ‘नेपाली नागरिकको सुरक्षाका निम्ति चिनियाँ नागरिकसरह गम्भीर बनेका छौँ भनेर उनीहरूले भनेका छन्’, चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै प्रवक्ता बाँस्कोटाले भने।
चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्यलाई लिएर अभिभावकबाट चिन्ता व्यक्त हुनु स्वभाविक भएको भन्दै उनले सरकारले पनि अभिभावकका रूपमा प्रभावित क्षेत्रमा डर र त्रासका बीच रहेका नागरिकलाई उद्धार प्रक्रिया अगाडि बढाएको प्रष्ट पारे।
वुहानमा रहेका नेपालीको अवस्थाबारे चीन सरकारसँग निरन्तर संवाद भइरहेको भन्दै मन्त्री बास्कोटाले नआत्तिन अभिभावकलाई आग्रह गरे। कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उच्च मनोबल बनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै