डा. केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज
काठमाडौं : सर्वोच्च अदालतले डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ।
न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको बृहत् पूर्ण इजलासले आज सो मुद्दा खारेज गर्ने आदेश जारी गरेको हो।
सर्वोच्च अदालतका अधिकृत नेत्रबन्धु पौड्यालले डा . केसीले अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए। सोही इजलासले कान्तिपुर दैनिकविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा पनि खारेज गर्ने आदेश जारी गरेको छ ।
अधिवक्ता तोयानाथ ढुङ्गानाले तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको विवादास्पद जन्ममिति र शैक्षिक प्रमाणपत्रका विषयवस्तुमा अदालतको अवहेलना हुने गरी समाचार लेखेको उल्लेख गर्दै कान्तिपुरविरुद्ध पनि अवहेलना मुद्दा दायर गरेका थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा