चीनमा रहेका छोराछोरीको छिटो उद्धार गरिदिन अभिभावकको आग्रह
काठमाडौं: कोरोना भाइरसको त्रासका कारण चीनको वुहानमा बन्दी जस्तै बनेका आफ्ना छोराछोरीको उद्धार छिटो गरिदिन अभिभावकहरुले आग्रह गरेका छन्। उनीहरुले आफ्ना छोराछोरी तनावमा रहेका कारण जतिसक्दो छिटो नेपाल ल्याइदिन आग्रह गर्दै बिहिबार स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएका छन्।
चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ सय ६३ पुगिसकेको छ भने संत्रमितको संख्या २८ हजार भन्दा बढी पुगिसकेको छ । मर्नेको संख्या दिनप्रतिदिन बढ्दै जाँदा यहाँ रहेका अभिभावक झन त्रसित बनेका हुन्। उनीहरुले आफना छोरोछोरीले राम्ररी खान समेत नपाएको भन्दै उनीहरुलाई यहाँ ल्याउन ढिला नगर्न मन्त्रालयलाई आग्रह गरे ।
मन्त्रालय पुगेका अभिभावकहरुले अन्य देशले आफ्ना नागरिकलाई चीनबाट उद्धार गरी लगिसकेको अवस्थामा नेपालले मात्रै किन ढिला गरिरहेको छ भन्दै आक्रोश पोखेका थिए । सरकारले वुहानमा रहेका नेपालीलाई उद्दार गरी ल्याउने निर्णय गरे पनि कसरी ल्याउने र कहाँ राख्ने भन्ने विषयमा ठोस निर्णय गरेको छैन्। नेपाल आउनका लागि १ सय ८० जनाले फारम भरेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा