Health TV Online
Health TV Online
Health TV Online

चीनबाट फर्किने नेपाली राख्न चार स्थान तय, फर्काउन अझै एक साता लाग्ने

चीनबाट फर्किने नेपाली राख्न चार स्थान तय, फर्काउन अझै एक साता लाग्ने

काठमाडौं : सरकारले चीनबाट आउन चाहने आफ्ना नागरिकका लागि चार स्थानमा ‘क्वारेन्टाइन’को व्यवस्था गर्ने भएको छ। शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइनको व्यवस्था गर्न लागिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार सम्बन्धित मन्त्री र उच्च सरकारी अधिकारीहरूको बैठक राखी चार स्थानमा क्वारेन्टाइन राख्न निर्देशन दिएका हुन्।

चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न प्रधानमन्त्रीले निर्देशन दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण फैलिएपछि १८० नेपालीलेस्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका छन्।

अझै एक साता लाग्‍ने

प्रधानमन्त्रीले चीनमा रहेका नेपालीलाई तत्काल फर्काउन निर्देशन दिए पनि सम्पूर्ण तयारी गर्न अझै केही दिन लाग्‍ने भएको छ। एकैपटक १८० जनाको उद्धार गर्नुपर्ने भएकाले नेपाल वायुसेवा निगमको २७४ विमान लैजाने तयारी गरिएको छ। त्यसको  ‘सेड्युल’ मिलाउन कम्तीमा तीन दिन लाग्‍ने स्रोतले जनाएको छ। उनीहरूलाई ल्याएपछि आवश्यक खाना, लुगा र ओछ्यानलगायतको व्यवस्थापन गर्न पनि समय लाग्ने भएकाले एकसाता लाग्ने बताइएको छ।

चीनबाट उद्धार गरी ल्याइएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ। रिपोर्ट ‘नेगेटिभ’ आएपछि मात्रै उनीहरूलाई घर पठाइने छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार