नवजात शिशुमा कोरोना भाइरस संक्रमण
चीनमा एक नवजात शिशु कोरोना भाइरस संक्रमित भएका छन्। जन्मेको ३० घण्टामै उनलाई कोरोना संक्रमण भएको पत्ता लागेकाे हो। चिनियाँ सञ्चारमाध्यमका अनुसार ती शिशु नै कम उमेरका संक्रमित हुन्।
गत आइतबार वुहानको स्थानीय अस्पतालमा शिशुको जन्म भएको थियो। शिशुलाई जन्म दिनुअघि उनकी आमालाई संक्रमण भएको थियो। शिशुलाई गर्भमै संक्रमण भएको अनुमान गरिएको छ।
जन्मिनुअघि नै संक्रमण भएको हो वा जन्मेपछि भन्ने पुष्टि भइसकेको छैन। ३.२५ किलोग्राम तौल भएका ती शिशुको अवस्था नाजुक देखिएकाले उनलाई विशेष निगरानीमा राखिएको अस्पतालले जनाएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण