प्रभावकारी बन्दै नगरकाे स्वास्थ्य सेवा
बुटवल : बुटवल नगर क्षेत्रमा सञ्चालित शहरी स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सेवासहितको स्वास्थ्य सेवा सञ्चालमा आएपछि सेवाग्राहीको आकर्षण बढेको छ।
बुटवल उपमहानगरका १९ वटै वडामा चिकित्सक र जनस्वास्थ्य अधिकृतले नियमित सेवा प्रदान गरिरहेका छन्। स्वास्थ्य सेवालाई थप सुदृढ तथा प्रभावकारी बनाइएपछि नगरवासीको आकर्षण बढेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए। केन्द्रबाट मातृशिशु, महिला, गर्भवती र बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी प्रभावकारी सेवा प्रदान गरेकाे उनकाे भनाइ छ।
आर्थिक वर्ष २०७४\७५ मा केन्द्रबाट २१ हजार ४७३ र आव २०७५\७६ मा १० हजारभन्दा बढीले बहिरङ्ग सेवा लिएको जनाइएको छ। यस्तै स्वास्थ्य संस्था नभएका वडामा क्लिनिक सञ्चालनमा ल्याइएको छ। आव २०७४\७५ मा चार हजार ७०४ ले सेवा लिएकोमा गत आव ०७५\७६ मा वृद्धि भई नौ हजार ५९० सेवाग्राही पुगेको तथ्यांक छ।
सबै वडालाई पायक पर्ने गरी सञ्चालन गरिएका स्वास्थ्य संस्था तथा विभिन्न समयमा गरिने स्वास्थ्य शिविरमा हरेक वर्ष समुदायको आकर्षण बढ्दै गएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए। उनले स्वास्थ्य केन्द्रमा अझ आधुनिक उपकरण र दक्ष जनशक्ति थपेर सेवाप्रवाह प्रभावकारी बनाउने जानकारी दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित