रूघाखाेकी र भाइरलले थलियाे गाउँ
सिमकोट : सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा रुघाखोकी र भाइरल ज्वरोका बिरामीले गाउँ नै थलिएको छ। गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन्।
सिमकोटबाट आठ कोस टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीप्रति सरोकार निकाय मौन भएको स्थानीयवासीले बताए। मौसमी रुघाखोकीबाट पाँच जनाको अवस्था चिन्ताजनक रहेको स्याडा स्वास्थ्य चौकीका वरिष्ठ अहेव अर्जुन कार्कीले बताए।
‘स्वास्थ्य चौकीमा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ’, उनले भने, ‘गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो तर गाउँभर नै बिरामी थला परेकाले अहिले समस्या भएको छ।’
गाउँमा रुघाखोकी र भाइरल ज्वरोले आक्रान्त वृद्धवृद्धा र बालबालिकाको समयमै उपचार हुन नसके यसले ठूलो रूप लिनसक्ने स्थानीयवासी नुर्बु बुढाले बताए। हुम्लामा मौसमी रुघाखोकीका कारण विभिन्न गाउँपालिकाका १४ जनाको मृत्यु भइसकेको छ। जिल्लाभरि सयौँको संख्यामा बिरामी परेको स्वास्थ्य सेवा कार्यालयका नर्सिङ इन्चार्ज सरिता बोहोराले बताइन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै