Health TV Online
Health TV Online
Health TV Online

भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष

भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष

चितवन : कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याइएको छ। भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो।

प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा कक्ष स्थापना गरिएको हो। महानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाका सहसंयोजक सूर्य तिवारीका अनुसार एक चिकित्सक, एक प्यारामेडिक्स र एक नर्सिङ स्टाफ कक्षमा छन्। उनीहरूले जहाजबाट ओर्लिएका यात्रुको अवस्था बुझेर स्वास्थ्य समस्या देखिएमा तत्काल अस्पताल पठाउने छन्।

चीन र चीन ‘ट्रान्जिट’ भएर विदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ। ती बिरामीमा कोरोना भाइरसको लक्षण देखिएमा भरतपुर अस्पतालमा रहेको ‘आइसोलेसन’ कक्षमा पठाइने व्यवस्था मिलाइनेछ।

नागरिक उड्डययन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले चितवन पर्यटकीय जिल्लासमेत भएकाले विदेशी र स्वदेशी यात्रु धेरै आउने भएकाले जोखिम हुनसक्ने भएकाले स्वास्थ्य कक्ष स्थापना गरेको बताए। भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन्। ती जहाजबाट दैनिक ८०० हाराहारी यात्रु आवतजावत गर्छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार