साउदी अरबमा बर्ड फ्लु
साउदी अरबको राजधानी रियादमा बर्ड फ्लुको संक्रमण भेटिएको छ। एउटा चरा फार्ममा देखिएको साउदी अरबको वातावरण, पानी तथा कृषि मन्त्रालयले पुष्टि गरेको हो ।
घटनास्थल र अन्य शङ्कास्पद तथा सम्भावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको अधिकारीको भनाइ छ। उनीहरूले आवश्यक परीक्षण, अध्ययन, अनुसन्धान भइरहेको पनि जनाएका छन्।
साउदी अरबका कृषि अधिकारीहरूले सबै परीक्षण र उच्च सतर्कता अपनाउने कार्य भइरहेकाले मानव स्वास्थ्यमा कुनै खतरा नरहेको दाबी गरेका छन्।
मन्त्रालयका प्रवक्ता अब्दुल्लाह अबा अल खाइलले बर्ड फ्लुको भाइरस संक्रमण भएको चरा नष्ट गरिसकिएकाले अब मानिसमा फैलिने सम्भावना नरहेको बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित