कोरोना भाइरस: चीनमा मृत्यु हुनेको संख्या ५६३ पुग्यो
काठमाडौं : विश्वलाई नै त्रसित बनाएको कोरोना भाइरसका कारण चीनमा मात्रै ५६३ जनाको मृत्यु भएको छ ।
बुधबार थप ७३ जना संक्रमितको मृत्यु भएपछि मृत्यु हुनेको संख्या बढेर ५६३ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यसैगरी अहिलेसम्म यस भाइरसबााट संत्रमित हुनेको संख्या सबैगरी २८ हजार २ सय ७६ पुगेको पनि आयोगले पुष्टि गरेको छ ।
चीन बाहिर फिलिपिन्स र हङकङमा पनि एक एक जनाको मृत्यु भएको छ। चीनका उपचार गराइरहेकामध्ये ३ हजार ८ सय ६३ जना सिकिस्त रहेको जनाइएको छ ।
नेपालमा अहिलेसम्म एक जनामा मात्र कोरोना भाइरसको पुष्टि भएको छ । संक्रमित उपचारपछि घर फर्किसकेका छन्।।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा