कोरोना प्रभावित क्षेत्रबाट नेपालीलाई उद्धार गर्न सांसदले गरे सरकारको ध्यानाकर्षण
काठमाडौं : सांसदहरूले चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन्।
बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कोमल वलीले विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको नेपालमा कस्तो अवस्था छ भनेर प्रश्न गरिन्।
चीनको प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई उद्धार गरेर फिर्ता ल्याउने सरकारको तयारीप्रति असन्तुष्टि जनाइन्। ‘चीनबाट नेपाली ल्याइँदै छ भने सरकारले उनीहरूलाई कहाँ र कसरी राख्ने व्यवस्था गरेको छ?’ उनले प्रश्न गरिन्।
नेकपाकै कमलाकुमारी ओलीले कोरोना भाइसरको संक्रमण बढिरहेको अवस्थामा वुहानमा रहेको नेपाली विद्यार्थी ठूलो तनावमा रहेको भन्दै तत्काल उच्चस्तरीय पहल गरी उद्धार गर्न सरकारको ध्यानाकर्षण गरे।
‘कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थी निकै आत्तिएको अवस्था छ’, उनले भनिन्, ‘उनीहरू अलपत्र परेका छन्, तत्काल प्रभावित क्षेत्रमा फसेका नेपालीको तथ्याङ्क निकालेर उद्धार गरोस्।’
यता सरकारले भने प्रभावित क्षेत्रमा रहेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याउने तयारी गरिरहेको छ। सरकार स्वास्थ्य मन्त्रालय मातहत रहने गरी ३०० शय्यासम्मको अस्पताल बनाउने र भविष्यका लागि यस्ता जोखिमबाट बच्न छुट्टै अस्पताल बनाउने तयारीमा जुटेको छ।
रासस





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण