आयुर्वेद स्वास्थ्य शिविरमा लिए ४०० जनाले सेवा
झापा : भद्रपुर- ६ मा आयोजित दुईदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ४०० जनाले सेवा लिएका छन्।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्राविधिक सहयोग तथा भद्रपुर नगरपालिकाको आयोजनामा श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममामंगलवार र बुधवार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
शिविरमा स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण, फिजियोथेरापी सेवा, पञ्चकर्म र पूर्वकर्म अन्तर्गतका स्नेहन–स्वेदन सेवा प्रदान गरिएको थियो।

जिल्ला आयुर्वेद सेवा केन्द्रका भद्रपुरका प्रमुख डा. अनिल यादव, जिल्ला आयुर्वेद सेवा केन्द्र पाँचथरका प्रमुख डा. मुरलीप्रसाद शाह, कविराज आम सुशील यादव, अनिल ठाकुर, जिल्ला आयुर्वेद सेवा केन्द्रका कविराज निरीक्षक हरेन्द्र शाह, वैद्य निरीक्षक मनोजकुमार पण्डित र फिजियोथेरापिस्ट डा. शिवेन्द्र मरिक यादवले बिरामी जाँच गरेका थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा