चिकित्सक संघको निर्वाचन : ८ घण्टा ढिलाेगरी मतगणना शुरु
काठमाडौं : नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना ८ घण्टा ढिलाेगरी शुरू भएकाे छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार बिहान ९ बजे मतगणना शुरु हुनुपर्ने थियो। मतगणना पाँच स्थानमा गर्ने कि एकै स्थानबाट गर्ने भन्ने विषयमा उम्मेदवारहरुबिच विवाद हुँदा ढिलाइ भएको निर्वाचन समितिले जनाएकाे छ । लामो छलफल पछि तीन स्थानमा गर्ने र मतगणना प्रोजेक्टरमार्फत देखाइने सहमतिपछि गणना शुरु भएको हो।
पहिले उपत्यका बाहिरको मतगणना शुरू गर्ने र सबै मतपत्र एकै ठाउँमा मिसाएर गणना हुने सहमति भएकाे पनि निर्वाचन समितिले जनाएकाे छ ।
काठमाडौं उपत्यकामा पाँच दिन चलेको मतदानमा ३ हजार ३ सय १ जनाले मतदान गरेका थिए भने उपत्यकाबाहिर दुई हजार ८५१ मत खसेको थियो। संघको अध्यक्ष पदका लागि लोकतान्त्रिक समूहबाट डा लोचन कार्की र र पेशागत समावेशी समूहबाट डा पुष्पमणी खराल प्रतिष्पर्धामा छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा