चिकित्सक संघको निर्वाचन : मतगणना अझै शुरु भएन
काठमाडौं : मंगलवार सम्पन्न नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना अझै शुरु भएको छैन।
मतगणना कति ठाउँमा गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा मतगणना शुरु हुन नसकेको हो। पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार बिहान ९ बजे मतगणना शुरु हुनुपर्ने थियो। मतगणना शुरु हुन अझ दुई घण्टा लाग्ने प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले जानकारी दिए।
मतगणना पाँच स्थानमा गर्ने कि एकै स्थानबाट गर्ने भन्ने विषयमा विवाद हुँदा ढिलाइ भएको बताइएको छ। निर्वाचन समितिले संघकै कार्यालयमा पाँच स्थानबाट मतगणना गर्ने प्रस्ताव राखेको थियो। तर उम्मेदवारहरूले एकै ठाउँमा मतगणना हुनुपर्ने र प्रोजेक्टरमार्फत देखाउनुपर्ने अडान राखेको प्रमुख निर्वाचन अधिकृत डा. मरासिनीले बताए। अध्यक्षका प्रत्यासी डा. पुष्पमणी खरालले भने मतगणना प्रोजेक्टरमार्फत देखाउने तयारीका कारण ढिलो भएको बताए।
काठमाडौं उपत्यकामा ५ दिन चलेको मतदानमा ३ हजार ३०१ जनाले मतदान गरेका थिए भने उपत्यकाबाहिर दुई हजार ८५१ मत खसेको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित